बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदेशिक रोजगारीमा जानेले यी ३ अस्पतालबाट पीसीआर गर्दा शुल्क नलाग्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १८ २०७८
वैदेशिक रोजगारीमा जानेले यी ३ अस्पतालबाट पीसीआर गर्दा शुल्क नलाग्ने

काठमडौं- सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गरेको छ। सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै निश्चित अस्पताल तोकेर निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो।

जसअन्तर्गत शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुनेछ।

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो। पीसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ। यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो।


प्रकाशित : बुधबार, फागुन १८ २०७८०६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend