बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक वर्षमा २१ परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत

सोमबार, असोज २० २०८२
एक वर्षमा २१ परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत

साथै ४ वटा अस्पताल तथा विश्वाविद्यालयको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट समेत गत आर्थिक वर्ष नै स्वीकृत भएको छ।

काठमाडौं- वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०८१/०८२ मा विभिन २१ वटा परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन गरेको छ।

वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्षमा ३ वटा होटलको समेत वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत गरेको छ। जसमा मल्ल होटल, होटल रोयल रिक्रियसनहोटल बाराहीको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत गरेको हो।

यसैगरी मन्त्रालयले २ वटा रंगशाला निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत स्वीकृत गरेको छ। जसमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार परियोजना रहेको छ।

साथै ४ वटा अस्पताल तथा विश्वाविद्यालयको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट समेत गत आर्थिक वर्ष नै स्वीकृत भएको छ।

जसमा ३ सय बेडको जीवन विकास सामुदायिक अस्पताल, ४ सय बेडको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, ५ सय बेडको संजिवनी इन्टिच्युट अफ हेल्थ साईन्स र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको समेत वातावरणीय प्रभाव प्रभाव मूल्यांकन रिपोर्ट मन्त्रालयबाट स्वीकृत भएको छ।

गत आर्थिक वर्ष नै कल्याणगढ छाप्रे धरान बेनीघाट सडक, मिर्चिया-कटारी घुर्मी सडक, मुग्लिन आबुखैराी सडक र भेरीगंगा बृहत चक्रपथ निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत भएको छ।

यसैगरी गत आर्थिक वर्षनै कोखाजोर जलाशायु्क्त आयोजना, बीरदल गण रौतहट ब्यारेक, बझाङ माथिल्लो सेती जलविद्युत आयोजना, माथिल्लो अरण जलविद्युत आयोजना, बबई सिँचाइ आयोजनाको पश्चिम मुल तथा शाखा नगर, बकान खोला जलविदयुत आयोजना, सम्राट सिमेन्ट चुनढुगा खानी र आमादब्लम मिनी हाइड्रो पावर र प्रसारण लाइनको समेत वन तथा वातारण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत गरेको छ।


प्रकाशित : सोमबार, असोज २० २०८२०७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend