बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दसैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १० २०८२
दसैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ। गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याउन भनिएको छ।

चितवन- चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ। 

वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जंगलमा भएका ससाना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जंगल सफारीमा रोक लगाएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार फूलपातीअघि जिप सफारीका लागि अनुमति दिनेगरी काम भइरहेको छ। उनको भनाइमा असोज १२ वा १३ गतेदेखि व्यावसायिक जिप सफारीका लागि अनुमति दिने तयारी गरिएको छ। त्यसका लागि जिप दर्ता गर्न थालिएको उनले जानकारी दिए।

गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ। गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याउन भनिएको छ।

गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरिएको थियो। गएको असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको हो।

निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्दछन्। यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्दछन्। रासस


प्रकाशित : शुक्रबार, असोज १० २०८२१४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend