बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लिपमोटरले गर्‍यो १० लाख वटा कार उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १० २०८२
लिपमोटरले गर्‍यो १० लाख वटा कार उत्पादन

लिपमोटरले आफ्नो उत्पादन क्षमता बढाएर पछिल्लो ३ सय ४३ दिनमा ५ लाख वटा विद्युतीय कार उत्पादन गरेको हो।

काठमाडौं- युरोपेली कार उत्पादक कम्पनी स्टेलेन्टिसको स्वामित्वमा रहेको लिपमोटरले १० लाख वटा विद्युतीय कार उत्पादन गरेको छ। सेप्टेम्बर २५ का दिन लिपमोटरले उक्त माइलस्टोन पूरा गरेको हो। 

चिनियाँ न्यू इनर्जी भेहिकल स्टार्टअप कम्पनी लिपमोटर तीव्र गतिमा बजार बढाउन सफल भइरहेको छ। कम्पनीले १० लाख कार उत्पादन पूरा गर्दै आफ्नो रफ्तार अझै तीव्र बनाएको छ। कम्पनीले युरोदेखि एसियाली बजारसम्म आफ्नो उत्पादन विस्तार गरिरहेको छ। 

लिपमोटरले आफ्नो उत्पादन क्षमता बढाएर पछिल्लो ३ सय ४३ दिनमा ५ लाख वटा विद्युतीय कार उत्पादन गरेको हो। लिपमोटर २०१७ मा स्थापना भएको विद्युतीय कार उत्पादक कम्पनी लिपमोटरले २०१९ जुनमा पहिलो पटक कार उत्पादन गरेको थियो। पछिल्लो ५ वर्षमा कम्पनीले ५ लाख कार उत्पादन गरेको थियो। 

कम्पनीको पहिलो १ लाख वटा कार २०२२ जुन २८ मा उत्पादन पूरा गरेको थियो। लिपमोटरले ५ लाख वटा कार २०२४ अक्टोबर १७ मा उत्पादन गरेको थियो। कम्पनीलाई अको ५ लाख वटा कार उत्पादन गर्न जम्मा ३ सय ४३ दिनमै पूरा गरेर कुल १० लाख वटा कार उत्पादनको माइलस्टोन तय गरेको हो। 

स्टेलेन्टिसले लिपमोटरको हिस्सेदारी लिएसँगै नेपाली बजारमा प्रवेश गरेको लिप मोटरले सुरुमा सी १० आएको थियो। नेपाली बजारमा गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले लिपमोटरका विद्युतीय कार बिक्री गर्दै आएको छ। 

लिपमोटरसँग टी ०३, बी १०, बी ०१, सी ०१, सी १०, सी ११ र सी १६ लगायत मोटलका कार उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म सी १० पछि  टी ०३ र  बी १० उपलब्ध रहेका छन्। 


प्रकाशित : शुक्रबार, असोज १० २०८२११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend