काठमाडौं- अर्थ मन्त्रालयमा आज (शुक्रबार)देखि सबै टिप्पणी तथा स्मरणपत्र (मेमो) डिजिटल माध्यममार्फत स्वीकृति दिन थालिएको छ।
अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि मन्त्रालयका सम्पूर्ण आधिकारिक टिप्पणी प्रणाली पूर्णतः डिजिटल स्वीकृति प्रक्रियामा प्रवेश गरेको जानकारी दिएका छन्।
नयाँ प्रणाली कार्यान्वयनसँगै टिप्पणी स्वीकृतिका लागि कागजी प्रक्रिया बन्द हुने र सम्पूर्ण स्वीकृति डिजिटल हस्ताक्षर र अभिलेखमा आधारित हुने मन्त्रालयले जनाएको छ।
यसले समय बचत गर्ने, पारदर्शिता बढाउने र प्रक्रियालाई छिटो तथा सरल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।