शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

यी स्थानमा आज मध्यम वर्षा हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १० २०८२
यी स्थानमा आज मध्यम वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

शुक्रबार राति कोशी लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।


प्रकाशित : शुक्रबार, असोज १० २०८२०७:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend