शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

मुग्लिन-नारायणघाट सडक : तुइनखोलाको पहिरो पन्छाएर राति १० बजेसम्ममा खुलाउने तयारी

बिहीबार , असोज ९ २०८२
मुग्लिन-नारायणघाट सडक : तुइनखोलाको पहिरो पन्छाएर राति १० बजेसम्ममा  खुलाउने तयारी

सोहीअनुसार विभागले बाटो खुलाउन तीव्र गतिमा काम  गरिहरेको छ। पहिरोको दुवैतर्फबाट पन्छाउने काम बिहानै देखि जारी छ।

काठमाडौं- मुग्लिन-नारायणघाट सडक खण्डको तुइनखोलानजिक झरेको पहिरो हटाएर आजै रातीबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सडक विभागका अनुसार राती १० बजेसम्ममा एकतर्फी रुपमा आवागमन खुलाउने तयारी भएको हो।  

सडक डिभिजन भरतपुरका अनुसार आज बिहीबार बिहानैबाट पहिरो पन्छाउने काम जारी छ। पहिरो हटाउने काम दिउँसो साढे २ बजेसम्म ६० प्रतिशत सम्पन्न भएको थियो। पहिरो हटाएर बाटो खुलाउन आज रातिसम्म लाग्नसक्ने अनुमान विभागको थियो। 

सोहीअनुसार विभागले बाटो खुलाउन तीव्र गतिमा काम  गरिहरेको छ। पहिरोको दुवैतर्फबाट पन्छाउने काम बिहानै देखि जारी छ। 

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुक्खा पहिरो निरन्तर खसिरहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो। सडक डिभिजन भरतपुरका अनुसार पहिरो गएको स्थानमा साघुँरो भएका कारण सबै उपकरण एकैपटक प्रयोग गर्न नसकिने अवस्था छ।

मुग्लिन नारायणघाट सडकखण्डको तुइन खोलानजिकै झरेको पहिरो पन्छाउनको लागि नारायणघाटतर्फबाट एउटा एक्साभेटर, एउटा लोडरले काम भइरहेको छ भने मुग्लिन तर्फबाट दुईवटा लोडर र एउटा एक्साभेटर एउटा प्रयोग गरि निरन्तर रुपमा कार्य भइरहेको छ।

दुवैतर्फ एउटा-एउटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन्। काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवैतर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ।

पहिरो पन्छाउने क्रममा नारायणघाटतर्फ ठूलाठूला ढुंगाहरुका कारण केही कठिनाइ भएतापनि भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेको जनाइएको छ।

पहिरोको थुप्रोमा ढुंगाहरुको मात्रा बढी भएको र ससाना तिखा ढुंगाहरुका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचेअनुसारको प्रगति हुन नसकेको सडक डिभिजन भरतपुरले जनाएको छ।

हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुईजना अपरेटरहरु पनि काममा थप गरिएको छ। 


प्रकाशित : बिहीबार , असोज ९ २०८२१८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend