शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने

बिहीबार , असोज ९ २०८२
कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न  पाइने

निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन तथा नाम दर्ता गर्ने प्रक्रिया सञ्चालन हुने जनाएको छ।

काठमाडौं- निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन तथा नाम दर्ता गर्ने प्रक्रिया सञ्चालन हुने जनाएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि कात्तिक मसान्तसम्म नामावली संकलन कार्य खुला हुने जानकारी दिएका हुन्।

‘निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य आयोगको निर्णयअनुसार कात्तिक ३० गतेसम्म पुनः सञ्चालन हुने भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा गरेका तर नामावलीमा नाम नदिएका नागरिकले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सक्नेछन्।

त्यस्तै, आयोगको वेबसाइटमार्फत प्रि-रजिस्ट्रेशन प्रणाली प्रयोग गरी आवेदन भरेर बायोमेट्रिक विवरणका लागि सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

सरकारले फागुन २१ गते निर्वाचन मिति घोषणा गरेपछि मतदाता नामावली संकलन कार्य रोकिएको थियो। तर, सरकारले अध्यादेशमार्फत कानुनी संशोधन गरेपछि आयोगले नामावली संकलनलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

election.jpg


प्रकाशित : बिहीबार , असोज ९ २०८२१७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend