शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

गुनासो सुन्न ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन

बिहीबार , असोज ९ २०८२
गुनासो सुन्न ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन

यसैगरी सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि टेलिफोन नम्बर ०१-४२०००१ प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ।

मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुस/रिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१-४२११५११ र हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ।

यसैगरी सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि टेलिफोन नम्बर ०१-४२०००१ प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१-४२११७२ मा सम्पर्क गर्न सकिने छ।


प्रकाशित : बिहीबार , असोज ९ २०८२१६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend