शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

व्यावसायिक वातावरण पुनरुत्थानका लागि शान्तिसुरक्षा पहिलो सर्त : अध्यक्ष ढकाल

बिहीबार , असोज ९ २०८२
व्यावसायिक वातावरण पुनरुत्थानका लागि शान्तिसुरक्षा पहिलो सर्त : अध्यक्ष ढकाल

उनले सरकारले निजी क्षेत्रको सुझावअनुसार छोटो समयमा नै धेरै सकारात्मक काम सुरु गरेको र यसले बिस्तारै अर्थतन्त्रलाई लयमा फर्काउन सहयोग गर्ने बताए।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक वातावरण पुनरुत्थानका लागि शान्तिसुरक्षा पहिलो सर्त भएको बताएका छन्। बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मूल्यांकन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन्।

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घसपैठबाट व्यापक तोडफोड एवं आगजनीका घटनाले सरकारी तथा निजी उद्योग प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तीमा अकल्पनीय क्षति भएको र यसले आम मानिस तथा उद्योगी व्यावसायिको मनोबल कमजोर बनाएको बताए।

'त्यो घटनापछि उद्योगी व्यावसायिको मनोबल कमजोर भएको छ। लगानीको लागि उच्च मनोबल चाहिन्छ। मनोबल उकास्न शान्तिसुरक्षा चाहिन्छ', उनले भने, 'भ्रष्टाचार नियन्त्रण, सुशासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजस्वको सदुपयोगजस्ता युवाहरुको चाहना निर्बाधरुपमा पेसा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवं रोजगारी प्रवर्द्धनको कारणले मात्र सम्भव हुने भएकोले यसको लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ।'

अध्यक्ष ढकालले जेनजी आन्दोलनपछि क्षति भएका पूर्वाधार निर्माणमा सरकारले स्रोत संकलनलाई आह्वान गरेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम ल्याउन सकिने तर त्यसको लागि सीएसआरको रकम खर्च लेख्न पाउने व्यवस्था आवश्यक रहेको धारणा राखे।

यस्तै, उनले सरकारले निजी क्षेत्रको सुझावअनुसार छोटो समयमा नै धेरै सकारात्मक काम सुरु गरेको र यसले बिस्तारै अर्थतन्त्रलाई लयमा फर्काउन सहयोग गर्ने बताए।


प्रकाशित : बिहीबार , असोज ९ २०८२१५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend