शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

तुइनखोला पहिरो : यात्रुलाई निःशुल्क बस सेवा

बिहीबार , असोज ९ २०८२
तुइनखोला पहिरो : यात्रुलाई निःशुल्क बस सेवा

पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो। शुक्रबारसम्ममा पहिरो पन्छाइसक्ने अनुमान गरिएको छ।

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ।

नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मंगलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई बस सेवा सुरु गरिएको हो। प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए।

तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो। उनले भने, 'पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ।' पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए।

पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ। सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो। सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनु परेको छ।

पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो। शुक्रबारसम्ममा पहिरो पन्छाइसक्ने अनुमान गरिएको छ। गत शुक्रबार खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मंगलबार पहिरो खसेर सडक अवरुद्ध भएको छ।

आज पनि बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। रासस


प्रकाशित : बिहीबार , असोज ९ २०८२१४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend