शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

दशमीको दिनबाहेक दसैँबिदाका अन्य दिन पनि अध्यागमन विभागले सेवा जारी राख्ने

बिहीबार , असोज ९ २०८२
दशमीको दिनबाहेक दसैँबिदाका अन्य दिन पनि अध्यागमन विभागले सेवा जारी राख्ने

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको छ।

काठमाडौं- अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ।

यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो। 

विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन्। रासस


प्रकाशित : बिहीबार , असोज ९ २०८२११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend