शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

तुइनखोला क्षेत्रको पहिरो : पोखरा-काठमाडौं यातायातसमेत प्रभावित

बुधबार, असोज ८ २०८२
तुइनखोला क्षेत्रको पहिरो : पोखरा-काठमाडौं यातायातसमेत प्रभावित

लगातार पहिरो जान थालेपछि मुग्लिन-नारायणघाट सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ।

गण्डकी- मुग्लिन-नारायणघाट खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा-काठमाडौं सडकखण्डमा पनि पर्ने गरेको छ।

उक्त पहिरोका कारण मुग्लिन खण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा-काठमाडौं आवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए।

उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा पुर्‍याउन नसकिएको उनले बताए। लगातार पहिरो जान थालेपछि मुग्लिन-नारायणघाट सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ।

उनले भने, 'मुग्लिन-नारायणघाट खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक छ।'

पोखरा-काठमाडौं खण्डमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को सङ्ख्याका यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेको उनले जानकारी दिए। दसैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो सङ्ख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको उनले बताए। रासस


प्रकाशित : बुधबार, असोज ८ २०८२१६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend