शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल

बुधबार, असोज ८ २०८२
प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल

उनले अहिलेको अवस्थामा एक हजार र ५ सय रूपैयाँको नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको जानकारी दिए।

मोरङ- अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट गरे।

एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा एक हजार र ५ सय रूपैयाँको नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको जानकारी दिए।

भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’ घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए। रासस


प्रकाशित : बुधबार, असोज ८ २०८२१६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend