शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

नारायणघाट-मुग्लिन सडक खोल्न पहिरो पन्छाउने काम निरन्तर, साँघुरो हुँदा सबै उपकरण प्रयोग गर्न कठिन

बुधबार, असोज ८ २०८२
नारायणघाट-मुग्लिन सडक खोल्न पहिरो पन्छाउने काम निरन्तर, साँघुरो हुँदा सबै उपकरण प्रयोग गर्न कठिन

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम हुँदा सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं- नारायणघाट-मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार ठूलो पहिरो खस्दा दुईतर्फ नै सडक अवरुद्ध छ। अहिले एक्जाभेटर प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ।

पहिरो पन्छाउनकाे लागि नारायणघाटतर्फबाट एउटा एक्साभेटर, एउटा लोडर, एउटा ब्याकहुक लोडर प्रयोग गरिएको छ भने मुग्लिनतर्फबाट दुईवटा लोडर र एउटा ब्याक हुक लोडर निरन्तर रूपमा परिचालन भइरहेको छ। थप उपकरणहरू पनि आउँदै गरेको सडक डिभिजन भरतपुरले जनाएको छ। 

सडक डिभिजन भरतपुरका अनुसार पहिरो गएको स्थानमा साघुँरो भएका कारण सबै उपकरण एकैपटक प्रयोग गर्न नसकिने अवस्था छ। 

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुक्खा पहिरो निरन्तर खसिरहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो। बाटो खुलाउन अझै करिब चौबिस घण्टाजति लाग्ने अनुमान गरिएको छ।

तुइनखोलामा गएको शुक्रबार साँझदेखि नै निरन्तर खुक्खा पहिरो खसिरहेको छ। निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपराह्न फेरि सुक्खा पहिरो खसेको हो।

पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुंगा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ। दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम हुँदा सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।


प्रकाशित : बुधबार, असोज ८ २०८२१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend