शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

अर्थमन्त्री खनालले सुरु गरेको इमेल गुनासो प्रणालीमा ६ घण्टामै १६६ उजुरी

बुधबार, असोज ८ २०८२
अर्थमन्त्री खनालले सुरु गरेको इमेल गुनासो प्रणालीमा ६ घण्टामै १६६ उजुरी

अर्थमन्त्री रामेश्वर खनाल स्वयंले करिब दुई दर्जन इमेललाई प्रत्यक्ष जवाफ दिइसकेका छन् भने तीमध्ये अधिकांशमा तत्कालै कारबाही थालिएको उनको सचिवालयले जनाएको छ।

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सुरु गरेको गुनासो इमेल प्रणालीमा पहिलो ६ घण्टामै १६६ वटा उजुरी प्राप्त भएका छन्। अर्थ मन्त्रालयको गुनासो मेलबक्स र मन्त्री खनालको आधिकारिक इमेलमा अहिलेसम्म १६६ गुनासो आएको मन्त्रालयले जनाएको छ।

मन्त्री खनाल स्वयंले करिब दुई दर्जन इमेललाई प्रत्यक्ष जवाफ दिइसकेका छन् भने तीमध्ये अधिकांशमा तत्कालै कारबाही थालिएको उनको सचिवालयले जनाएको छ। बाँकी गुनासोलाई पनि सकेसम्म चाँडो जवाफ दिने तयारी भएको छ।

खनालले केही दिनअघि नागरिक र संस्थागत समस्यालाई छिटो समाधान गर्न ‘गुनासो मेलबक्स’ सार्वजनिक गर्दै सिंहदरबारसम्म धाउने आवश्यकता अब घट्ने बताएका थिए। 'अब समस्याको समाधानका लागि अनिवार्य रुपमा सिंहदरबार धाउनुपर्ने छैन, मेलमार्फत नै सम्बोधन हुन्छ,' मन्त्री खनालले भने।

नागरिक र निजी क्षेत्रका प्रतिनिधिहरूले यसलाई सकारात्मक पहलको रूपमा स्वागत गरेका छन्। मन्त्रालयले इमेलमार्फत आएको गुनासोहरूको निरन्तर अनुगमन गर्ने र सम्बद्ध निकायमार्फत समाधानका लागि अघि बढाउने बताएको छ।


प्रकाशित : बुधबार, असोज ८ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend