आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

काठमाडौंमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

बुधबार, असोज ८ २०८२
काठमाडौंमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

महानगरपालिकाले करिब ८५ करोड रूपैयाँको स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणको पुर्‍याएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ। काठमाडौं महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो।

महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको लगानीमा करिब १० करोड रूपैयाँको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए।

उनका अनुसार आजसम्म १२ वटा जडान भइसकेको र बाँकी लाइट पनि दसैँअगाडि नै जडान गरिसकिनेछ। महानगरपालिकाले मुलुकको राष्ट्रिय बसपार्क नयाँबसपार्कमा दुईवटा ‘हाई मास्ट लाइट’ जडान गरिसकेको छ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कभित्र तीनवटा ‘हाई मास्ट लाइट’ जडान गर्ने भनिएकामा हालसम्म दुईवटा लाइट जडान भइसकेको राससलाई जानकारी दिए।

महानगर प्रमुख शाहले अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजारभन्दा बढी  सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेको बताए।

महानगरपालिकाले करिब ८५ करोड रूपैयाँको स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणको पुर्‍याएको छ। उक्त लाइट जडान सम्पन्न भएसँगै उज्यालो महानगर निर्माण हुने महानगर प्रमुख शाहले बताए। रासस


प्रकाशित : बुधबार, असोज ८ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend