बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ओली सरकारको सेटिङमा बिलिङको ठेक्का हत्याउन लागेको हुवावेलाई धक्का

बुधबार, असोज ८ २०८२
ओली सरकारको सेटिङमा बिलिङको ठेक्का हत्याउन लागेको हुवावेलाई धक्का

मन्त्री खरेलले यो विषयमा चासो दिएपछि सचिव राधिका अर्यालले सुरुमा असहयोग गर्न खोजे पनि अन्तत: आजै ठेक्का दिइहाल्ने अडानमा टिक्न सकिनन्।

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा चौतर्फी सेटिङ गरी नेपाल टेलिकमको समग्र प्रणालीमै नियन्त्रण गर्ने योजनामा रहेको हुवावेलाई धक्का लागेको छ। 

हुवावेलाईमात्र योग्य बनाएर वित्तीय प्रस्ताव खोली आजै ठेक्का दिने तयारी थियो। यो सबै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँगको सेटिङमा भएको थियो। तर वर्तमान सरकार गठन भएर जगदीश खरेल मन्त्रीका रुपमा आएपछि उनकै अग्रसरतामा वित्तीय प्रस्ताव खोल्ने काम तत्कालका लागि रोकिएको छ। 

नेपाल टेलिकमले अहिलेको नयाँ परिस्थिति सिर्जना भएकाले आज खोल्ने भनिएको प्रस्ताव अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको छ। 

टेन्डरका विषयमा थप अध्ययन गर्ने मन्त्रालयले निष्कर्ष निकालेको छ। मन्त्री खरेलले यो विषयमा चासो दिएपछि सचिव राधिका अर्यालले सुरुमा असहयोग गर्न खोजे पनि अन्तत: आजै ठेक्का दिइहाल्ने अडानमा टिक्न सकिनन्। यो सेटिङमा अर्यालको पनि हात रहेको छ। 

हुवावेले बिलिङ प्रणालीको ठेक्का लिएर टेलिकमलाई भेन्डरलकमा हाल्न खोजेको थियो। यतिमात्र होइन टेन्डर प्रक्रियामै अनियमितता थुप्रै थिए। यो विषयमा बिजनेस न्युजले सुरुदेखि नै विषयवस्तु उठान गर्दै आएको थियो। 

फोरजीदेखि बिलिङसम्म ओलीकै आशिर्वादमा हात पार्ने र टेलिकमको सबै प्रणालीमा एकछत्र गर्ने हुवावेको योजना रहेको छ। 

यो प्रकरणमा बिजनेस न्युजले निरन्तर रुपमा समाचार लेखिरहेको छ। मुख्य समाचारहरू- 

केपी ओली सधैँ दाहिना हुँदा हुवावेको नियन्त्रणमा नेपाल टेलिकमको प्रविधि, निकटस्थको लाभका लागि प्रणाली नै जोखिममा केपी ओली सधैँ दाहिना हुँदा हुवावेको नियन्त्रणमा नेपाल टेलिकमको प्रविधि, निकटस्थको लाभका लागि प्रणाली नै जोखिममा

टेलिकमको बिलिङ खरिद : हुवावेलाई पोस्न स्पेसिफिकेसनदेखि नै चलेखल, ह्वेलक्लाउडसँग हितको साँठगाँठटेलिकमको बिलिङ खरिद : हुवावेलाई पोस्न स्पेसिफिकेसनदेखि नै चलेखल, ह्वेलक्लाउडसँग हितको साँठगाँठ

हुवावेलाई नेपाल टेलिकमको बिलिङको ठेक्का सुम्पिन अभ्यासविपरीत मूल्यांकन समितिहुवावेलाई नेपाल टेलिकमको बिलिङको ठेक्का सुम्पिन अभ्यासविपरीत मूल्यांकन समिति

नेपाल टेलिकमले प्रतिबन्ध लगाउनुपर्ने यी तीन कम्पनी, तर स्वार्थ बाझिनेलाई नै बिलिङमा छिराउन हुँदैछ चलखेल

नेपाल टेलिकमको बिलिङमा पनि हुवावे छिराउने खेल, संवेदनशील प्रणालीमा एकाधिकारको जोखिमनेपाल टेलिकमको बिलिङमा पनि हुवावे छिराउने खेल, संवेदनशील प्रणालीमा एकाधिकारको जोखिम

दुई वर्षअघिको यस्तो रहस्यमयी सम्झौता, जसले नेपाल टेलिकमको जर्जर बिलिङ प्रणालीकै निरन्तरताको वातावरण बनाउँदैछदुई वर्षअघिको यस्तो रहस्यमयी सम्झौता, जसले नेपाल टेलिकमको जर्जर बिलिङ प्रणालीकै निरन्तरताको वातावरण बनाउँदैछ

टेलिकमको सबै संवेदनशील प्रणालीमा एकलौटी गर्ने हुवावेको प्रयास, बिलिङको टेन्डरमा अड्कोटेलिकमको सबै संवेदनशील प्रणालीमा एकलौटी गर्ने हुवावेको प्रयास, बिलिङको टेन्डरमा अड्को

नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियारनेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार


नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी, ‍सम्झौताविपरीत काम गरेर गुणस्तर खस्काउँदैनेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी, ‍सम्झौताविपरीत काम गरेर गुणस्तर खस्काउँदै फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदैफोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनीनेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी


प्रकाशित : बुधबार, असोज ८ २०८२१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend