आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

ललितपुर-मकवानपुर-सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

बुधबार, असोज ८ २०८२
ललितपुर-मकवानपुर-सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन

साथै मनसुन वर्षा अझै सक्रिय रहने भएकाले पहिरो तथा अन्य जोखिम कायम रहेको भन्दै प्रशासनले यात्री र चालकलाई सतर्कतासाथ यात्रा गर्न आग्रह गरेको छ।

ललितपुर- चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ हुँदै मकवानपुर-सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवागमनसम्बन्धी विशेष व्यवस्था गरेको छ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले असोज ७ देखि असोज २१ गतेसम्म (कोजागत पूर्णिमा) सवारी सञ्चालनका लागि समयसीमा तोक्दै आवागमनलाई सहज बनाउन व्यवस्था मिलाएको हो।

उक्त अवधिमा ३० टनभार वहन क्षमता र अधिकतम १० चक्के सवारीसाधनमात्र बेलुका ९ः०० बजेसम्म तोकिएका प्रवेश तथा प्रस्थान बिन्दुमा पुगिसक्नुपर्ने प्रावधान गरिएको छ।

प्रशासनका अनुसार मकवानपुर जिल्लाबाट ललितपुर प्रवेश बिन्दु 

बगुवा (बागमती गाउँपालिका-२) र ललितपुर जिल्लाबाट प्रस्थान बिन्दु टीकाभैरव (गोदावरी नगरपालिका-६) तोकिएको छ।

साथै मनसुन वर्षा अझै सक्रिय रहने भएकाले पहिरो तथा अन्य जोखिम कायम रहेको भन्दै प्रशासनले यात्री र चालकलाई सतर्कतासाथ यात्रा गर्न आग्रह गरेको छ।

सुरक्षाकर्मीले दिने निर्देशनानुसार मात्र सवारी सञ्चालन गर्न, लेन अनुशासन पालना गर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्न विशेष अनुरोध गरिएको छ। रासस


प्रकाशित : बुधबार, असोज ८ २०८२१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend