आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

तुइन खोलामा फेरि ठूलो पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मंगलबार, असोज ७ २०८२
तुइन खोलामा फेरि ठूलो पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम हुँदा सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं- नारायणघाट-मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि ठूलो पहिरो खस्दा दुईतर्फ नै सडक अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुक्खा पहिरो निरन्तर खसिरहेकोले दुईतर्फ सडक अवरुद्ध भएको छ। 

मंगलबार दिउँसो साढे ३ बजेतिर खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम हुँदा सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ। 

तुइनखोलामा गएको शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ। निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो।

प्रकाशित : मंगलबार, असोज ७ २०८२१७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend