आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

मंगलबार, असोज ७ २०८२
अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

रोकिएका सवारीहरु आफ्नो गन्तव्यतर्फ लागेका छन्। यस क्षेत्रमा सवारीको चाप उच्च भएकाले जामको समस्या पनि छ।

धादिङ- अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ। बेनिघाट रोराङ गाउँपालिका-१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिए।
 
उनका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन। डोजरले पन्छाउँदै जाने पहिरो थपिँदै गर्नेक्रम चलिरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए।

रोकिएका सवारीहरु आफ्नो गन्तव्यतर्फ लागेका छन्। यस क्षेत्रमा सवारीको चाप उच्च भएकाले जामको समस्या पनि छ। रासस


प्रकाशित : मंगलबार, असोज ७ २०८२१६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend