आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

दुई महिनामा निर्यात ८८ प्रतिशतले बढ्यो, ३ खर्ब ५ अर्ब रुपैयाँको आयात

मंगलबार, असोज ७ २०८२
दुई महिनामा निर्यात ८८ प्रतिशतले बढ्यो, ३ खर्ब ५ अर्ब रुपैयाँको आयात

अर्थतन्त्रमा सुधारको संकेतका रुपमा निर्यात वृद्धि देखिए पनि उच्च आयातका कारण व्यापार घाटा अझै चुनौतीपूर्ण नै देखिन्छ।

काठमाडौं- भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौको तथ्यांकअनुसार नेपालले निर्यातमा उल्लेखनीय वृद्धि गरेको छ। तर आयात उच्चस्तरमै रहेकाले व्यापार घाटा भने बढिरहेको छ।

भन्सार तथ्यांकअनुसार चालु वर्षको पहिलो दुई महिनामा नेपालले ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँबराबरको सामान आयात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १६.२३ प्रतिशत बढी हो। अघिल्लो वर्ष यस अवधिमा आयात रकम २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ थियो।

यस्तै निर्यातमा सुधार देखिएको छ। पहिलो दुई महिनामा ४७ अर्ब ३१ करोड रुपैयाँको सामान निर्यात भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८.५७ प्रतिशतले बढी हो।

निर्यातमा सुधार भए पनि आयात उच्च रहँदा घाटा कम भएको छैन। चालु वर्षको दुई महिनामा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। यो वर्ष घाटा ८.५९ प्रतिशत बढेको छ।

अर्थतन्त्रमा सुधारको संकेतका रुपमा निर्यात वृद्धि देखिए पनि उच्च आयातका कारण व्यापार घाटा अझै चुनौतीपूर्ण नै देखिन्छ। 


प्रकाशित : मंगलबार, असोज ७ २०८२१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend