आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

दसैँका लागि यात्रा गर्ने बढे, पूर्णरूपमा अवरुद्ध छन् यी मुख्य सडकहरू

पृथ्वी राजमार्गमा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

मंगलबार, असोज ७ २०८२
दसैँका लागि यात्रा गर्ने बढे, पूर्णरूपमा अवरुद्ध छन् यी मुख्य सडकहरू

सिन्धुपाल्चोक अरनिको राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ। भोटेकोशी गाउँपालिकावडा नं. २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा ५/६ मिटर सडक अन्दाजी २ फिट गहिरो भासिएको हुँदा बाटो पूर्णरुपमा अवरोध भएको हो।

काठमाडौं- काठमाडौंलगायतका स्थानबाट चाडपर्वका लागि गाउँ जाने यात्रुको संख्या बढिरहँदा विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा कठिनाइ भएको छ। काठमाडौं उपत्यकाबाट मात्र गएको पाँच दिनयता दुई लाखभन्दा बढी यात्रु बाहिरिएका छन्। 

दसैँका लागि यात्रा गर्नेहरू बढिरहँदा कतिपय सडक अवरुद्ध हुँदा कठिन भइरहेको छ। कतै सुक्खा पहिरो त कतै वर्षाका कारण सडक अवरुद्ध छ। 

पृथ्वी राजमार्गको जवाङ खोलामा सुक्खा पहिरो जाँदा सवारीसाधन सडकमा नै रोकिएका छन्।नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का अनुसार पहिरो पन्छाउन मंगलबार अबेरसम्म लाग्ने छ। 

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जवाङ खोलामा सोमबार मध्यराति सुक्खा पहिरो खसेको थियो। बिहानपख पहिरो पन्छाएर बाटो एकतर्फी खोल्ने प्रयास गरेपनि पुनः ठूलो पहिरो खसेको थियो।

थप पहिरो नआएमा उक्त खण्डमा राजमार्ग खोल्न करिब ५ घण्टाको समय लाग्ने अनुमान रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। 

बिपी राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहने प्रहरीले जनाएको छ। मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि अर्को सूचना नआ‍‍‍एसम्म (प्रत्येक दिन बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म) रातिको समयमा बिपी राजमार्गमा भाडाका सवारी साधन आवागमनमा रोक लगाइएको हो।

prithivi gadi jaam.jpg
धादिङ जवाङखोलामा सुक्खा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बनेपछि बिशालटार प्रहरी चौकीनजिकै यात्रुबाहक सवारी साधन। 

रसुवा जिल्लामा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति भएको छ। गएको असार २४ गते ३ बजेतिर रसुवा गोसाइकुण्ड गाउँपालिका वडा नं.-२  स्थित रसुवागढीमा बाढी आइ नेपाल र चीन नाका जोड्ने पुलमा क्षति हुँदा सवारीसाधन आवतजावत बन्द छ।

यस्तै संखुवासभा भोटखोला गाउँपालिका-४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध छ। बरुणखोलामा बाढी आइ ह्युमपाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको हो। बर्षातको अवधिभर सडक खुल्ने अवस्था देखिँदैन।

सिन्धुपाल्चोक अरनिको राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ। भोटेकोशी गाउँपालिकावडा नं. २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा ५/६ मिटर सडक अन्दाजी २ फिट गहिरो भासिएको हुँदा बाटो पूर्णरुपमा अवरोध भएको हो।

संखुवासभा मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको छ। खाँदबारी किमाथांका सडकखण्डमा पहिरो झर्दा बाटो पूर्णरुपमा अवरोध भएको हो।

jawang pahiro.jpg

पृथ्वी राजमार्गमा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

पृथ्वी राजमार्गको जवाङ खोलामा सुक्खा पहिरो जाँदा सवारीसाधन सडकमा नै रोकिएका छन्। नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का अनुसार पहिरो पन्छाउन मंगलबार अबेरसम्म लाग्ने छ। 

उक्त मार्गबाट गोरखा, लम्जुङ, पोखरा आदितर्फ जाने साना तथा मझौला सवारी साधनहरुले मलेखु (फुर्केखोला) धादिङवेशी-आरुघाट-मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै १२ किलोबाट पोखरातिर वा आँबुखैरेनीतर्फ जान सकिन्छ। 

साथै मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त बैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

काठमाडौंबाट पश्चिमतर्फ जाँदै जाने यात्रुले नौबिसेबाट हेटौँडा निस्किएर जान सकिन्छ। पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो प्रयोग गर्न सक्छन्। 

अन्य स्थानतर्फ जाने ठूला तथा साना सबै सवारी साधनहरुले सुरक्षा निकायहरुसँग समन्वय तथा निर्देशनमा लेन अनुशासन कायम गरी अन्य बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।

G1gyAAtWEAAf1J6.jpg


प्रकाशित : मंगलबार, असोज ७ २०८२१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend