आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

पहिरो हटाएर नारायणघाट-मुग्लिन सडकखण्ड सञ्चालनमा, जोखिम कायमै

सोमबार, असोज ६ २०८२
पहिरो हटाएर नारायणघाट-मुग्लिन सडकखण्ड सञ्चालनमा, जोखिम कायमै

अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

चितवन- गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणघाट-मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ। तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक आज साँझ ५:३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फि सञ्चालनमा आएको सडक राति बन्द गरिएको थियो। आज बिहान देखि एकतर्फी रुपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजे देखि ३ बजेसम्म पूर्णरुपमा बन्द गरी पहिरो पन्छाइएको थियो। 

अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। रासस


प्रकाशित : सोमबार, असोज ६ २०८२१८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend