काठमाडौं- घोराही सिमेन्ट उद्योग लिमिटेडले घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रंगरोगन गरेको छ।
उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा व्यवस्थापन गरी उक्त कार्यालयलाई व्यवस्थित बनाएको हो।
घोराही सिमेन्ट उद्योगले यसलाई केवल सरसफाइ वा रंगरोगन मात्र नभइ समुदायमा आशा, आत्मबल र एकताको भावना जगाउने साझा पहलका रूपमा लिएको जनाएको छ।
उद्योगले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै उज्ज्वल र मजबुत भविष्यको निर्माणमा योगदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ।