बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आठ सदस्यीय बन्यो मन्त्रिपरिषद्‍ : कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

सोमबार, असोज ६ २०८२
आठ सदस्यीय बन्यो मन्त्रिपरिषद्‍ : कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

प्रधानमन्त्री सुशीला कार्कीलाई परराष्ट्र; रक्षा; खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; वन तथा वातावरण; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी छ।

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज सोमबार नयाँ चार मन्त्रीले शपथग्रहण गरेका छन्। यससँगै मन्त्रिपरिषद्‍ आठ सदस्यीय बनेको छ। 

राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। 

प्रधानमन्त्री सुशीला कार्कीलाई परराष्ट्र; रक्षा; खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; वन तथा वातावरण; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी छ। 

रामेश्वर खनाललाई अर्थमन्त्रीसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी छ।

कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी छ।

ओम प्रकाश अर्याल गृहमन्त्रीको जिम्मेवारीमा छन्। 

अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा छन्। 

महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी छ। 

मदन परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी छ। 

यसैगरी जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी छ।

प्रकाशित : सोमबार, असोज ६ २०८२१६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend