आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० वटा प्रमुख सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट

सोमबार, असोज ६ २०८२
सञ्चारमन्त्रीको पहिलो निर्णय : १० वटा प्रमुख सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट

सोमबार शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेसँगै मन्त्री खरेलले नि:शुल्क इन्टरनेट सेवाबारे पहिलो निर्णय गरेका हुन्।

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पाँच महिनाभित्र देशका प्रमुख १० सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्।

सोमबार शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेसँगै मन्त्री खरेलले नि:शुल्क इन्टरनेट सेवाबारे पहिलो निर्णय गरेका हुन्। काठमाडौंबाहिरका प्रमुख १० वटा सहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइने निर्णयमा उल्लेख छ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। 

कार्की नेतृत्वको अन्तरिम सरकारमा आज सोमबार नयाँ चार मन्त्रीले शपथग्रहण गरेका छन्। यससँगै मन्त्रिपरिषद्‍ आठ सदस्यीय बनेको छ। 


प्रकाशित : सोमबार, असोज ६ २०८२१७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend