बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बीवाईडीबाट बाहिरियो अमेरिकी अर्बपति वारेन बफेटको कम्पनी

सोमबार, असोज ६ २०८२
बीवाईडीबाट बाहिरियो अमेरिकी अर्बपति वारेन बफेटको कम्पनी

यसका साथै ब्राजिलमा मजदुरमाथि भएको दाहन, चरम सरकारीलाभले अस्वभाविक मूल्य गिरावटले अटोमोबाइलमा बीवाईडीको अस्वस्थ्य प्रतिस्पर्धालाई पनि हाथवे बाहिरिनुको कारण मानिएको छ। नेपालमा पनि बीवाईडीले कयौँपटक कानून उल्लंघन तथा कर छली गर्दै आएको छ।

काठमाडौं- अमेरिकी अर्बपति वारेन बफेटको कम्पनी चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी बीवाईडीबाट बाहिरिएको छ। बफेटको इन्भेष्टमेन्ट कम्पनी वर्कशायर हाथवे चिनियाँ कम्पनी बीवाईडी अटो इन्डस्ट्रीबाट बाहिरिएको हो। 

हाथवेले बीवाईडीसँगको १७ वर्ष लामो व्यवसायिक साझेदारीमा पूर्णविराम लगाएको हो। २००८ मा बीवाईडीमा लगानी गरेको वारेन वफेटको कम्पनी वर्कशायर हाथवे १७ वर्षपछि उक्त कम्पनीबाट बाहिरिएको घोषणा गरेको रोयटर्सले लेखेको छ। 

हाथवेले तत्काल यसबारेमा प्रतिक्रिया नदिए पनि आइतबार सीएनबीसीले पहिलोपटक बीवाईडीबाट हाथवे बाहिरिएको लेखेको थियो भने सोमबार रोयटर्सले यसबारे समाचार प्रकाशित गरेको हो। 

वारेन बफेटको कम्पनी हाथवेले २००८ मा चिनियाँ कम्पनी बीवाईडीमा लगानी गरेका थिए। बफेटले लगानी गरेपछि बीवाईडीको चर्चा विश्वव्यापी भएको थियो। अमेरिकी धनाढ्य बफेटले लगानी गर्नुपूर्व अन्तर्राष्ट्रिय बजारमा बविाईडीको पहिचान शून्यप्रायः थियो। 

बफेटले २००८ मा २३ करोड अमेरिकी डलर लगानी गरेर २२ करोड ५० हजार कित्ता सेयर गरिद गरेका थिए। त्यतिबेला यो सेयर कम्पनीको कुल सेयरको १० प्रतिशत थियो। २०२२ मा उक्त लगानीको मूल्यांकन ९ अर्ब डलरसम्म पुगेको थियो। 

वारेन बफेटले हाथवेको बीवाईडीमा रहेको सेयर २०२२ को अगस्टदेखि बिक्री गर्न सुरु गरेका थिए। कम्पनीले ३ वर्षयता कम्पनीले क्रमिक रुपमा बीवाईडीको सेयर बिक्री गर्दै आएको थियो। २०२४ को अन्त्यसम्ममा आइपुग्दा बीवाईडीको सेयर हाथवेसँग ५ प्रतिशतमात्र बाँकी रहेको थियो। 

२०२४ को मार्चमा आइपुग्दा हाथवेले बीवाईडीका सबै सेयर बिक्री गरेर बाहिरिएको रोयटर्सले उल्लेख गरेको छ। हङकङ स्टकमा सूचीकृत भएको बीवाईडीबाट बाहिरिनुको कारण व्यापारको वृद्धिदरमा आएको गिरावट र चीनमा भएको उच्च प्रतिस्पर्धा रहेको हाथवेले बताएको छ।  

यता बीवाईडीका ब्रान्डिङ एन्ड पब्लिक रलिेसन जनरल मेनेजर ली विनफीले भने लगानीकर्ता कम्पनी वा व्यक्ति आउने÷जानेक्रम सामान्य भएको बताएका छन्। ‘गएको १७ वर्षमा वर्कशायर हाथवेले गरेको लगानी महत्वपूर्ण थियो। कम्पनीले सेयर बिक्री गर्नु नियमित प्रक्रियाकै रुपमा लिनुपर्छ,’ लीले भनेका छन्। 

बीवाईडी अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाको मुख्य प्रतिस्पर्धीका रुपमा समेत रहेको छ। अमेरिकी सरकारले चिनियाँ सवारी उत्पादकलाई प्रवेश दिएको छ्रैन। बीवाईडी हरहालतमा अमेरिका जान चाहिरहेको थियो। विभिन्न माध्यम तथा लगानीमार्फत युरोप पसेको बीवाईडीको लक्ष्य अमेरिका जानु थियो। 

यस विषयमा बफेट र बीवाईडीबीच कुराकानी हुँदा अमेरिका प्रवेशमा बफेटले पर्याप्त पहल नगरेको बीवाईडी र चिनियाँहरुको बुझाइ थियो। बीवाईडीबाट हाथवे बाहिरिनुमा यसलाई पनि विश्लेषकहरुले प्रमुख कारकका रुपमा लिएका छन्। 

यसका साथै ब्राजिलमा मजदुरमाथि भएको दाहन, चरम सरकारीलाभले अस्वभाविक मूल्य गिरावटले अटोमोबाइलमा बीवाईडीको अस्वस्थ्य प्रतिस्पर्धालाई पनि हाथवे बाहिरिनुको कारण मानिएको छ। नेपालमा पनि बीवाईडीले कयौँपटक कानून उल्लंघन तथा कर छली गर्दै आएको छ। 

विगतमा ई सिक्स आयात गर्दा बीवाईडीले हुँदै नभएको खर्च देखाएर कर छली गरेको थियो। पछिल्लो पटक बीवाईडीले नेपालमा चाइना मोबाइल हङकङ सक्रिय सिम कार्ड आयात गरिरहेको छ। बीवाईडी आयातकर्ता साइमेक्स इंक प्रालिले एउटा सिम कार्डका लागि २ हजार ३ सय चिनियाँ युआन चीन पठाएर विदेशी मुद्रा निर्यात गरिरहेको छ। 


प्रकाशित : सोमबार, असोज ६ २०८२१५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend