बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सूर्यविनायक-धुलिखेल सडक अनुगमनमा कुलमान, मर्मतसम्भारका काम तत्काल पूरा गर्न निर्देशन

आयोजनाको प्रगति ४५ प्रतिशतमात्रै, चालु आवभित्रै निर्माण सम्पन्न गर्न आग्रह

सोमबार, असोज ६ २०८२
सूर्यविनायक-धुलिखेल सडक अनुगमनमा कुलमान, मर्मतसम्भारका काम तत्काल पूरा गर्न निर्देशन

आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ। पर्खाल तथा नाली निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ भने करिब १ किलोमिटर सडकमा कालोपत्र गरिएको छ।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक-धुलिखेल (धुलिखेल-खावा) सडकको स्थलगत अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन्।

अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरे। छलफलमा मन्त्री घिसिङले चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशनसमेत दिए।

साथै, आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषयहरू भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्णरूपमा परिचालन गर्न तथा चालु आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न आग्रह गरे।

हालसम्म सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ। यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ भने साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत प्रगति भएको छ।

kulman - suryabinayak dhulikhel sadak.jpg

आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ। पर्खाल तथा नाली निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ भने करिब १ किलोमिटर सडकमा कालोपत्र गरिएको छ। कतिपय ठाउँमा सडक सीमा विवाद, घर-टहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको छ।

महानिर्देशक विजय जैशीका अनुसार आयोजनाका लागि चालु आर्थिक वर्षमा करिब ३ अर्ब बजेट आवश्यक पर्नेमा ५० करोडमात्र विनियोजन गरिएको छ।


प्रकाशित : सोमबार, असोज ६ २०८२१४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend