आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

अर्थमन्त्री खनालसँग एडीबी र आईएमएफका प्रतिनिधिको भेटवार्ता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ६ २०८२
अर्थमन्त्री खनालसँग एडीबी र आईएमएफका प्रतिनिधिको भेटवार्ता

भेटका क्रममा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए।

काठमाडौं- अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका प्रमुख दातृ निकायका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। अन्तरिम सरकारको अर्थमन्त्री भएपछि खनालसँग एडीबी र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिले भेटवार्ता गरेका हुन्।

अर्थमन्त्री खनाल र एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टर आर्नो कोस्वाबीच आज अर्थ मन्त्रालयम भेटघाट भएको हो। 

भेटका क्रममा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए। 

अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको र परिवर्तित समयमा युवाहरुको चाहनाबमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराएका थिए। 

आज अर्थमन्त्री र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिले पनि भेट गरेका थिए। खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल मिशन प्रमुख जोन सर्वाटबीच भर्चुअल कुराकानी भएको थियो। सो कुराकानीका क्रममा नेपालस्थित कोषका प्रतिनिधि पनि सहभागी थिए। 

प्रकाशित : सोमबार, असोज ६ २०८२१३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend