आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

लहानस्थित इलाका प्रशासनबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु, उपकरण तोडफोड हुँदा राहदानी सेवा अझै बन्द

सोमबार, असोज ६ २०८२
लहानस्थित इलाका प्रशासनबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु, उपकरण तोडफोड हुँदा राहदानी सेवा अझै बन्द

आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब १५ लाख रूपैयाँ बराबरको क्षति पुगेको छ।

सिरहा- जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प भएको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमशः सञ्चालन हुँदै गएको छ। कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः सुरु गरेको छ।

कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेको क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याइएको हो। तर, राहदानी सेवा भने अझै सुरु हुन सकेको छैन। प्रदर्शनका क्रममा राहदानी सेवाको ‘स्क्यानर मेसिन’ र क्यामेरा फुटाइएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म राहदानी सेवा बन्द नै रहने कार्यालयले जनाएको छ।

'केही दिनमा नै काठमाडौंबाट नयाँ उपकरण आउनेछ, त्यसपछि राहदानी सेवा पनि सुरु गर्नेछौँ,' प्रमुख खनालले बताए। यसअघि, कार्यालयले असोज १ गतेदेखि नागरिकता वितरण सेवा पुनः सुरु गरिसकेको थियो।

सेवा सञ्चालन गर्न कार्यालय मर्मतसम्भारको कामसमेत क्रमशः अगाडि बढाइरहेको छ। प्रमुख खनालका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब १५ लाख रूपैयाँ बराबरको क्षति पुगेको छ। रासस


प्रकाशित : सोमबार, असोज ६ २०८२१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend