आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

नारायणघाट-मुग्लिन सडक आज ३ बजेसम्म बन्द हुने

सोमबार, असोज ६ २०८२
नारायणघाट-मुग्लिन सडक आज ३ बजेसम्म बन्द हुने

तुइन खोलामा गएको पहिरो पूर्णरूपमा पन्छाउनका लागि दिउँसो सडक बन्द गर्न लागिएको हो।

चितवन- नारायणघाट-मुग्लिन सडक खण्ड आज दिउँसो १ बजेदेखि ३ बजेसम्म बन्द गरिने भएको छ। यस सडक खण्डको तुइन खोलामा गएको पहिरो पूर्णरूपमा पन्छाउनका लागि दिउँसो सडक बन्द गर्न लागिएको हो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ।

इच्छाकामना गाउँपालिका-६ तुइनखोलामा पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो। आइतबार साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको भए पनि रातको समयमा सडक बन्द गरिएको थियो।

पहिरोका कारण सडक रोकिएपछि अलपत्र परेका यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा खाद्यान्न वितरण र स्वास्थ्य परीक्षण गरिएको थियो। रासस


प्रकाशित : सोमबार, असोज ६ २०८२१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend