आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयावधि बढाइयो, असोज मसान्तभित्र गर्नुपर्ने

सोमबार, असोज ६ २०८२
सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयावधि बढाइयो, असोज मसान्तभित्र गर्नुपर्ने

सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत सरकारले यस्तो व्यवस्था ल्याएको हो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।

काठमाडौं- सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधि बढाएको छ ।

यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो।

सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत सरकारले यस्तो व्यवस्था ल्याएको हो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।

'सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१) मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्', राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ। रासस

प्रकाशित : सोमबार, असोज ६ २०८२११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend