आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

नवनियुक्त मन्त्री महावीर पुन भन्छन् - 'कसैलाई मन्त्री नै भन्न रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला'

सोमबार, असोज ६ २०८२
नवनियुक्त मन्त्री महावीर पुन भन्छन् - 'कसैलाई मन्त्री नै भन्न रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला'

पुनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'मेरो पहिलो घोषणा- कसैले पनि ‘लौ बधाई छ’ भनेर फोन नगर्नु होला र बधाई दिन खादा–माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाट्स्वेपमा मा पठाउनु होला।'

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिएसँगै नवनियुक्त मन्त्री महावीर पुनले अनौठो शैलीमा आफ्नो पहिलो घोषणा सार्वजनिक गरेका छन्। पदभार सम्हाल्दै उनले आफूलाई बधाई दिन फोन नगर्न र खादामाला लिएर नआउन स्पष्ट सन्देश दिएका छन्।

पुनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'मेरो पहिलो घोषणा- कसैले पनि ‘लौ बधाई छ’ भनेर फोन नगर्नु होला र बधाई दिन खादामाला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला।'

उनी आफूलाई ‘मन्त्री’ भन्नुपर्ने आवश्यकता नरहेको पनि प्रष्ट पार्छन्। 'मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साहै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला,' पुनले लेखेका छन्।

विगत लामो समयदेखि आविष्कार, अनुसन्धान, विज्ञान प्रवर्द्धन तथा सामाजिक उद्यमशीलतामा सक्रिय रहेका पुन पारम्परिक राजनीतिक शैलीभन्दा भिन्न व्यवहारका कारण प्रख्यात छन्। उनको यो घोषणाले सामाजिक सञ्जालमा चर्को चासो र व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। धेरैले यसलाई राजनीतिमा नयाँपन र कार्यकेन्द्रित सोचको प्रतिबिम्बका रूपमा व्याख्या गरेका छन्।


प्रकाशित : सोमबार, असोज ६ २०८२०८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend