काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको हो। शाक्यको ठाउँमा मनोज सिवलाललाई नियुक्त गरिएको छ।
सिलवाल गत माघमा प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश भएका थिए।