आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर

आइतबार, असोज ५ २०८२
३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर

यो अभियानले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार र आकस्मिक अवस्थामा जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले देशभरका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ। एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरणको काम महानगरले मंगलबारबाट पुन: सुरु गर्न लागेको हो।

महानगरले स्पष्ट र पारदर्शी मापदण्ड बनाएर पालिका छनोट गरेको महानगरका मेयर बालेन साहले बताए। उनका अनुसार स्वास्थ्य सेवामा पछाडि परेका, भौगोलिक कठिनाइका कारण आकस्मिक सेवा पाउन कठिन भएका तथा सुविधा न्यून रहेका गाउँपालिकालाई प्राथमिकतामा राखेर एम्बुलेन्स वितरण गर्न लागिएको हो।

'स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो, जीवन बचाउनु हाम्रो दायित्व हो,' मेयर साहले भने, 'यो सुरुवातमात्र हो, हामी चाहन्छौँ अब कसैले पनि स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस्।'

amulence 3.jpg

महानगरले एम्बुलेन्स वितरणका लागि बनाएको मापदण्डअनुसार पालिकाको आवश्यकता, दुर्गमता र जनसांख्यिकीय अवस्थालाई आधार मानिएको छ। साहले यो अभियानले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार र आकस्मिक अवस्थामा जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

ambulenace.jpg


प्रकाशित : आइतबार, असोज ५ २०८२१८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend