आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

मन्त्री घिसिङ र भारतीय राजदूतबीच भेटवार्ता, निर्माणाधीन आयोजना र विद्युत निर्यातलगायतका विषयमा छलफल

आइतबार, असोज ५ २०८२
मन्त्री घिसिङ र भारतीय राजदूतबीच भेटवार्ता, निर्माणाधीन आयोजना र विद्युत निर्यातलगायतका विषयमा छलफल

अहिले नेपालले बंगलादेशसहित भारततर्फ ११६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। थप ४ आयोजनाको १३८ मेगावाट निर्यातका स्वीकृतिका लागि भारतसमक्ष प्रस्ताव पेस गरिएको छ।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपाल-भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा छलफल भएको थियो।

यस्तै, ऊर्जा तथा जलस्रोत क्षेत्रका द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट नेपालतर्फ पानी पठाउने, भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको प्रगति, इनरुवा-पूर्णिय र न्यू लम्की-बरेली ४०० केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृतिलगायतका विषयमा पनि छलफल भएको थियो।

मन्त्री घिसिङले दसैँतिहारमा उद्योग कलकारखाना बन्द हुँदा आन्तरिकरुपमा विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन आग्रह गरेका थिए।

अहिले नेपालले बंगलादेशसहित भारततर्फ ११६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। थप ४ आयोजनाको १३८ मेगावाट निर्यातका स्वीकृतिका लागि भारतसमक्ष प्रस्ताव पेस गरिएको छ।

इनरुवा-पूर्णिय र न्यू लम्की-बरेली ४०० केभी अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको अध्ययन सम्पन्न भएको भेटमा जानकारी गराइएको थियो। जेनजीको आन्दोलनका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परेमा सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवबाट जानकारी थियो।

भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरु चिरञ्जीवी चटौत, सन्दीप कुमारदेव, परराष्ट्र मन्त्रालय दक्षिण एसिया महाशाखाका शाखा अधिकृत प्रतिक कार्कीको उपस्थिति थियो।


प्रकाशित : आइतबार, असोज ५ २०८२१८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend