आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

आइतबार, असोज ५ २०८२
तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन-नारायणघाट सडकखण्डमा हजारौँ यात्रु अलपत्र परेका थिए।

काठमाडौं- चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नारायणघाट सडकखण्ड एकतर्फीरुपमा सञ्चालन आएको जानकारी दिए। सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन-नारायणघाट सडकखण्डमा हजारौँ यात्रु अलपत्र परेका थिए। 

विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्णरूपमा अवरुद्ध छन्।

१६८ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका विभागले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज ५ २०८२१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend