सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

जनकपुरधाम भन्सारमा १३ करोडभन्दा बढीको क्षति

आइतबार, असोज ५ २०८२
जनकपुरधाम भन्सारमा १३ करोडभन्दा बढीको क्षति

कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालयबाट भन्सार जाँचपास सुरु गरिएको छ।

जनकपुरधाम- जेनजी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा १३ करोड ८७ लाख ५० हजार रूपैयाँबराबरको क्षति भएको छ। 

जनकपुरधामको रेल्वेस्टेसन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको कार्यालय प्रमुख मानबहादुर पौडेलले जानकारी दिए। गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएका उनले बताए।

कार्यालय प्रमुख पौडेलका अनुसार कर्मचारीको निवासमा रहेका लत्ताकपडा र कागजात एवं रकम समेत लुटेर लगेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित  कार्यालयको नियमित सेवा सञ्चालन तथा क्षतिसबन्धी समीक्षा बैठकमा भन्सार प्रमुख पौडेलले आफ्नो कार्यालयको अवस्था तथा क्षतिको विवरण प्रस्तुत गरे।

भन्सार प्रमुख पौडेलका अनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालयबाट भन्सार जाँचपास सुरु गरिएको छ। सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही छोटी भन्सार कार्यालय सञ्चालनमा छन्। जकपुरधाम भन्सार कार्यालय तोडफोड र आगजनीका कारण सञ्चालनको अवस्थामा छैन।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सरकारी कार्यालयबाट जनताको कामलाई इमान्दारीपूर्वक, छिटोछरितो, सरल तथा सहज गर्न निर्देशन दिए। रासस


प्रकाशित : आइतबार, असोज ५ २०८२१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend