बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेप्सेमा उच्च गिरावट, कारोबार रकम ५ अर्ब ३५ करोड मात्रै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
नेप्सेमा उच्च गिरावट, कारोबार रकम ५ अर्ब ३५ करोड मात्रै

बुधवार पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से सूचक ४०.२६ अंकले घटेर २८८९.०३ को विन्दुमा आइपुगेको छ।

काठमाडौं- बुधबार पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से सूचक ४०.२६ अंकले घटेर २८८९.०३ को बिन्दुमा आइपुगेको छ। बुधवार ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५० रुपैयाँ ५४ पैसा बराबरको मात्रै कारोबार भएको छ। 

मंगलबार पनि १८ अंकले बजार घटेको थियो। बुधबार  २२२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता सेयर खरिद बिक्री भएका छ्न।

जसमध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै २२ करोड १४ लाख बराबरको कारोबार भएको छ। त्यस्तै सानिमा लाइफ इन्स्योरेन्सको १७ करोड २ लाख, आईसीएफसी फाइनान्सको १५ करोड ३८ लाख, रैरांग हाइड्रोको १४ करोड २८ लाख बराबरको कारोबार भएको छ।

बुधबार सबै समुहगत सूचक घटेका छन्। जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै २.९८ प्रतिशतले घटेको छ। कारोबारमा आएका मध्ये १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मात्र मूल्य बढेको छ। 


प्रकाशित : बुधबार, भदौ ३० २०७८१०:३४
  • सम्बन्धित विषय:

  • # नेप्से
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend