सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

पृथ्वी राजमार्ग साँझसम्म खुल्ने, मुग्लिन-नारायणघाट खण्डको पहिरो पन्छाउने काम धमाधम

आइतबार, असोज ५ २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने, मुग्लिन-नारायणघाट खण्डको पहिरो पन्छाउने काम धमाधम

१६८ राजमार्गमा यातायातका साधन एकतर्फीरूपमा सञ्चालन भइरहेको विभागले जनाएको छ।

काठमाडौं- पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ।

पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन-नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम पहिरो पन्छाउने काम भइरहेको छ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन-नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए।

'मुख्य समस्या पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नारायणघाट सडकखण्ड र अरनिको राजमार्गमा देखिएको छ। मुग्लिन-नारायणघाट सडकखण्ड आज साँझसम्म नै सञ्चालन गर्ने गरी काम अगाडि बढाएका छौँ। अरनिको राजमार्ग ठूलो वर्षा नभए तीन दिनभित्र सञ्चालन गर्ने गरी पहिरो पन्छाउने काम भइरहेको छ', उनले भने, 'दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु बाटोमा अलपत्र नपरून् भन्ने हो।'

विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी,रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका (कोसी राजमार्ग) लगायतका हाल देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्।

यसैगरी, १६८ राजमार्गमा यातायातका साधन एकतर्फीरूपमा सञ्चालन भइरहेको विभागले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज ५ २०८२१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend