सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आगजनी र तोडफोडले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको विद्युतीय उपकरणमा क्षति

आइतबार, असोज ५ २०८२
आगजनी र तोडफोडले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको विद्युतीय उपकरणमा क्षति

गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ।

पर्सा- जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारणले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको भवनबाहेक एक करोड रूपैयाँ मूल्यबराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ।

गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ।

आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए।

'कर संकलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ', उनले भने, 'कार्यालयका कम्प्युटर, प्रिन्टर्सलगायतका विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ।'

कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश संरचनामा क्षति भएको छ। यसमध्ये एउटा कोठा त सबै जलेर नष्ट भएको जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज ५ २०८२११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend