सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आन्दोलनका क्रममा भागेका ६ हजार ३ सय २८ कैदीबन्दी फर्काइए, ८ हजार २ सय २६ अझै फरार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ५ २०८२
आन्दोलनका क्रममा भागेका ६ हजार ३ सय २८ कैदीबन्दी फर्काइए, ८ हजार २ सय २६ अझै फरार

कारागारबाट १३ हजार ५ सय ९१ र सुधारगृहबाट ९ सय ६४ जना भागेका थिए। सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका ५ हजार ९ सय ८७ तथा सुधारगृह तर्फका ३ सय ४१ जना रहेका छन्।

काठमाडौं- जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म ६ हजार ३ सय २८ जना कैदीबन्दी फर्किएका छन्। 

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताए। उनका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन्। पछिल्लो एक दिनमा मात्रै एक सय ४९ जनालाई फर्काइएको छ। 

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा ९ वटा बालसुधार गृहबाट गरी १४ हजार ५ सय ५५ कैदीहरु भागेका थिए। अझै ८ हजार २ सय २६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताए।

उनका अनुसार कारागारबाट १३ हजार ५ सय ९१ र सुधारगृहबाट ९ सय ६४ जना भागेका थिए। सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका ५ हजार ९ सय ८७ तथा सुधारगृह तर्फका ३ सय ४१ जना रहेका छन्। 

आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका करिब दुई हजार आरोपीसमेत फरार रहेका जनाएको छ। उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

देशभर ३० हजार ६ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९ सय ९९ जनामात्रै कैदी बन्दी रहेका छन्। 


प्रकाशित : आइतबार, असोज ५ २०८२१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend