सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

पहिरोले अरनिकोसहित विभिन्न सात राजमार्ग अवरुद्ध

शनिबार, असोज ४ २०८२
पहिरोले अरनिकोसहित विभिन्न सात राजमार्ग अवरुद्ध

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ।

काठमाडौं- केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन्। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए। उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्णरुपमा अवरुद्ध छ। 

कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ। त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका-८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ। बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध छ। यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान पनि खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग, गल्छी-त्रिशूली सडकलगायतमा भने एकतर्फीरुपमा खुलाइएका छन्। रासस


प्रकाशित : शनिबार, असोज ४ २०८२१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend