सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान अर्थ र राष्ट्रिय अनुसन्धान गृहमातहत फर्कने

शुक्रबार, असोज ३ २०८२
सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान अर्थ र राष्ट्रिय अनुसन्धान गृहमातहत फर्कने

काठमाडौं- गुप्तचरी तथा आर्थिक अपराधमा अनुसन्धान गर्ने विभागलाई प्रधानमन्त्री कार्यालयबाट निकालिने भएको छ। 

राष्ट्रिय अनुसन्धान विभागलाई फेरि गृह मन्त्रालय मातहत नै ल्याइनेछ। यसअघि २०७५ सालमा केपी ओली प्रधानमन्त्री हुँदा यो विभाग गृहबाट प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो। 

त्यस्तै त्यतिबेला नै प्रधानमन्त्री कार्यलय मातहत गएको राजस्व अनुसन्धान विभाग अब अर्थ मन्त्रालय मातहत नै फर्किने भएको छ। यो विभाग पनि पहिले अर्थ मातहत नै थियो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पनि अर्थ मातहत राख्ने तयारी भएको छ। 

'सम्भवत: आगामी क्याबिनेटबाट यस सम्बन्धी निर्णय हुन्छ होला' स्रोतले भन्यो। 

सबै अनुसन्धान सम्बन्धी निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर काम भन्दा पनि अनसन्धानको नाममा विरोधी तह लगाउने वा आफ्नो नियाहमा राख्ने उपकरणका रुपमा दुरुपयोग गर्न खोजिएको भन्दै विरोध भएको थियो। तर विरोध गर्ने नेता तथा पार्टी सरकारमा जाँदा उल्ट्याउन सकेका थिएनन्। 

वर्तमन सरकारले भने विशिष्टिकृत सेवा भएकाले सम्बन्धित मन्त्रालय मातहत नै फर्काउने तयारी गरेको छ। यसबाट अपेक्षित परिणाम आउने अपेक्षा गरिएको छ।


प्रकाशित : शुक्रबार, असोज ३ २०८२२१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend