काठमाडौं- विश्वभर ऊर्जाको रुपान्तरण तीव्र रुपमा भइरहेको छ। परम्परागत र प्रदूषण बढी गर्ने ऊर्जा स्रोतबाट नवीकरणीय र कम प्रदूषण गर्ने स्रोतको प्रयोग र खोजी भइरहेको छ।
ब्याट्री प्रविधिको विकाससँगै यसको सम्भाव्य उपयोग यसअघिको लिथियम आयन ब्याट्रीबाट नेक्स्ट जेनेरेसनका ब्याट्रीको उत्पादन बढ्दै गइरहेको छ। लिथियम आयन क्यामेस्ट्रीका विभिन्न परिस्कृत रुप र नवीन उत्पादनहरु आइसकेका छन्। यसले पनि ऊर्जा क्षेत्र र ब्याट्रीमा आधारित विद्युतीय सवारी क्षेत्रमा नयाँ आयामहरु थपिइरहेका छन्।
नेक्स्ट जेन ब्याट्रीको विकाससँगै विद्युतीय सवारीसँगै ग्रिड स्टोरेजदेखि विद्युतीय हवाई क्षेत्रसम्मलाई विद्युतीकरण गर्न सहज बनाउँदै लगेको छ। केही वर्षअघिसम्म लिथियम आयन ब्याट्री क्यामेस्ट्री प्रयोगमा रहेको थियो। समयक्रमसँगै प्रविधिको विकासमा आएको उल्लेख्य परिवर्तनसँगै ब्याट्रीको क्यामेस्ट्रीमा पनि नयाँपन र सुधार आइरहेका छन्।
नेक्स्ट जेन ब्याट्रीमा सोलिड स्टेट, ससोडियम आयन, रिडक्स फ्लो, अन्य लिथियम मेटल ब्याट्री र मेटल एयर क्यामेस्ट्रीका ब्याट्रीहरु हुन्। भिजुअल क्यापिटालिस्टले बेन्चमार्क मिनरल इन्टेलिजेन्सले सार्वजनिक गरेको तथ्यांकअनुसार नेक्स्ट जेन ब्याट्री उत्पादनमा कुन देशको क्षमता कति रहेको भनेर उल्लेख गरेको छ। समकालिन विश्वमा नेक्स्ट जेन ब्याट्री उत्पादनमा पनि चीनकै दबदबा रहेको छ।
लिथियम आयन प्रविधिलाई विस्थापित गर्नेगरी नेक्स्ट जेनेरेसन ब्याट्री विकास भइसकेको छ। नेक्स्ट जेन ब्याट्री यसअघिको लिथियम आयनमा भन्दा ऊर्जा सञ्चय घनत्व बढी, सुरक्षा अब्बल, लागत कम र एप्लिकेसन स्पेसिफिक पर्फमेन्ससमेत उच्च रहेको छ। नेक्स्ट जने ब्याट्री निक्कै परिष्कृत र सुरक्षित छन्।
लिथियम आयन ब्याट्रीमा जस्तै नेक्स्ट जेन ब्याट्री उत्पादनमा पनि चीन अन्य देशभन्दा निक्कै अघि रहेको छ। २०२५ मा सोलिड स्टेट ब्याट्रीमा उत्पालनमा चीनको हिस्सा ८० प्रतिशतभन्दा बढी रहने प्रक्षेपण गरिएको छ। त्यस्तैगरी सोडिय आयन ब्याट्रीमा त चीनको हिस्सा ९६ प्रतिशत हुने अनुमान गरिएको छ। २०३० सम्ममा चीनको यो पकड केही कम हुने अनुमान गरिए पनि मुख्य हिस्सेदारी भने रहिरहनेछ।
२०२५ को अन्त्यसम्ममा कुन देशको हिस्सा कुन ब्याट्रीको हिस्सा कति होला?
चीन- सोलिड स्टेट ब्याट्रीमा ८१.३ प्रतिशत, सोडियम आयनमा ९५.९ प्रतिशत, रिडक्स फ्लो ब्याट्रीमा ४० प्रतिशत र अन्यमा १० प्रतिशत हुनेछ।
जापान- सोलिड स्टेट ब्याट्रीमा ०.७ प्रतिशत, सोडियम आयनमा शून्य प्रतिशत, रिडक्स फ्लो ब्याट्रीमा ०.४ प्रतिशत र अन्यमा शून्य प्रतिशत हुनेछ।
दक्षिण कोरिया- सोलिड स्टेट ब्याट्रीमा २.८ प्रतिशत, सोडियम आयनमा शून्य प्रतिशत, रिडक्स फ्लो ब्याट्रीमा ०.७ प्रतिशत र अन्यमा १० प्रतिशत हुनेछ।
अमेरिका- सोलिड स्टेट ब्याट्रीमा ३.ठ प्रतिशत, सोडियम आयनमा ३.३ प्रतिशत, रिडक्स फ्लो ब्याट्रीमा १४.६ प्रतिशत र अन्यमा ६९.६ प्रतिशत हुनेछ।
भारत- सोलिड स्टेट ब्याट्रीमा शून्य प्रतिशत, सोडियम आयनमा ०.८ प्रतिशत, रिडक्स फ्लो ब्याट्रीमा ०.४ प्रतिशत र अन्यमा शून्य प्रतिशत हुनेछ।
ताइवान- सोलिड स्टेट ब्याट्रीमा २.२ प्रतिशत, सोडियम आयनमा शून्य प्रतिशत, रिडक्स फ्लो ब्याट्रीमा शून्य प्रतिशत र अन्यमा शून्य प्रतिशत हुनेछ।
साउदी अरेबिया- सोलिड स्टेट ब्याट्रीमा शून्य प्रतिशत, सोडियम आयनमा शून्य प्रतिशत, रिडक्स फ्लो ब्याट्रीमा १०.६ प्रतिशत र अन्यमा शून्य प्रतिशत हुनेछ।
क्यानडा- सोलिड स्टेट ब्याट्रीमा २.९ प्रतिशत, सोडियम आयनमा शून्य प्रतिशत, रिडक्स फ्लो ब्याट्रीमा ०.४ प्रतिशत र अन्यमा शून्य प्रतिशत हुनेछ।
अन्य देशहरुमा सोलिड स्टेट ब्याट्री उत्पादनमा केही हिस्सेदारी रहेपनि अन्य क्यामेस्ट्री भएका ब्याट्री उत्पादनमा शून्यप्राय योगदान हुने देखिएको छ।