सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सिंहदरबारभित्र आगजनी गरिएका गाडी व्यवस्थापन गर्न थालियो [तस्बिरहरू]

शुक्रबार, असोज ३ २०८२
सिंहदरबारभित्र आगजनी गरिएका गाडी व्यवस्थापन गर्न थालियो [तस्बिरहरू]

सिंहदरबारभित्र जलेको अवस्थामा रहेका गाडीहरू व्यवस्थापन गर्न थालिएको हो। आन्दोलनमा सिंहदरबार परिसरमा रहेका सयौँ सवारीसाधनसमेत आगजनी गरिएको थियो।

काठमाडौं- जेनजी आन्दोलनको क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउने कार्य सुरु गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालयको समन्वयमा सिंहदरबारभित्र जलेको अवस्थामा रहेका गाडीहरू व्यवस्थापन गर्न थालिएको हो।

गएको भदौ २३ गते सुरु भएको जेनजी आन्दोलन भड्किँदा २४ गते सिंहदरबारलगायतका सरकारी भवनहरूमा आगजनी भएको थियो। सिंहदरबार परिसरमा रहेका सयौँ सवारीसाधनसमेत आगजनी गरिएको थियो।  

आन्दोलनका क्रममा क्षति पुगेका मन्त्रालय तथा कार्यालयका भवनहरुमा सरसफाइ गरी रंगरोगनको काम भइरहेको छ। त्यसैक्रममा सवारीसाधनसमेत व्यवस्थापन गरिएको हो। 

gadi jaleko (2).jpg
gadi jaleko (3).jpg
gadi jaleko (4).jpg
gadi jaleko (5).jpg
gadi jaleko (6).jpg
gadi jaleko (7).jpg
gadi jaleko (8).jpg
gadi jaleko (9).jpg
gadi jaleko (10).jpg


प्रकाशित : शुक्रबार, असोज ३ २०८२१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend