बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुस्ताङको कोरला नाकाबाट भित्रियो जेइको जे फाइभ र जे सिक्स विद्युतीय कार

शुक्रबार, असोज ३ २०८२
मुस्ताङको कोरला नाकाबाट भित्रियो जेइको जे फाइभ र जे सिक्स विद्युतीय कार

जेइको जे फाइभ र जे सिक्स कोरला हुँदै काठमाठौंतर्फ आएको छ। ओमोडा जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिलले आयात गरेको हो।

काठमाडौं- रसुवागढी र तातोपानी नाका अवरुद्ध बनेपछि दसैँका लागि आयात हुन लागेका विद्युतीय कार अपर मुस्ताङको कोरला नाका हुँदै आउन थालेका छन्।

चिनियाँ सवारी उत्पादक कम्पनी चेरी अटोमोबाइलको सबब्रान्ड ओमोडा जेइकोका विद्युतीय कार पनि कोरला नाका हुँदै आयात भएको छ। 

ओमोडा जेइकोका विद्युतीय कार कोरला नाका हुँदै पहिलोपटक नेपाल भित्रिएको छ। जेइको जे फाइभ र जे सिक्स कोरला हुँदै काठमाठौंतर्फ आएको छ। ओमोडा जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिलले आयात गरेको हो।  

मुस्ताङको लोमान्थाङस्थित कोरला नाकाबाट विद्युतीय सवारी आयात हुन थादेका छन। भन्सार विभागको प्रक्रिया पुर्‍याइ चीनबाट आयात गरिएका विद्युतीय कारसहितका सामान जाँचपास गर्न भन्सार कार्यालय स्थापना भएपनि त्यहाँ सरकारले कर्मचारीसहित सबै सिस्टम राखेको हो।

jaecoo coralla1.jpg

तातोपानी र रसुवागढी तत्काल नखुल्ने देखिएपछि व्यवसायीको पहलमा करिब दुई सता अघिमात्रै अपर मुस्ताङको कोरला नाका खुला गरिएको थियो।

यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो। तर त्यहाँका नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि कोरला नाका वैकल्पिक रूपमा प्रयोग गरिएको हो।

चीनबाट आयात गरिएका विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनसमेत थिएन। ओमोडा जेइकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नै हालै मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरेको छ। 

नेपाली बजारमा जेइकोको जे फाइभ, जे सिक्स र ओमोडाको ई फाइभ विद्युतीय कार उपलब्ध रहेका छन्। ओमोडा जेइकोको विद्युतीय कार नेपाली बजारमा ११ सय वटाभन्दा बढी बिक्री भइसकेका छन्। उच्च ग्राउन्ड क्लियरेन्स, गुणस्तरीय ब्याट्री र उत्पादन भएको जेइको ओमोडाको विद्युतीय कार धेरै उपभोक्ताको रोजाइमा पर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, असोज ३ २०८२११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend