सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३ २०८२
नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिरोसँगै खसेको ढुंगाले लागेर ना ६ ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ।

चितवन- नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो। 

अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

पहिरोसँगै खसेको ढुंगाले लागेर ना ६ ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ। रासस


प्रकाशित : शुक्रबार, असोज ३ २०८२१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend