काठमाडौं- हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालिएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ।
बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्याइ आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालयन कम्पनीले अनुरोधसमेत गरेको छ।
दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दाबी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा रहि पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय एवं प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिने उनको भनाइ छ।